Trending
Prev Story
Next Story

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

अस्ट्रेलिया। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध हुने भएकी छन्। अब उनले विश्वविद्यालयमा विद्यार्थी तथा अनुसन्धानकर्तासँग अनुभव साट्दै अतिथि व्याख्यान, विशेष कक्षा र मेन्टरसिपमार्फत नेतृत्व विकासमा योगदान दिनेछिन्। विश्वविद्यालयले अक्टोबर २७ मा …

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध

अस्ट्रेलिया। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध हुने भएकी छन्।

अब उनले विश्वविद्यालयमा विद्यार्थी तथा अनुसन्धानकर्तासँग अनुभव साट्दै अतिथि व्याख्यान, विशेष कक्षा र मेन्टरसिपमार्फत नेतृत्व विकासमा योगदान दिनेछिन्।

विश्वविद्यालयले अक्टोबर २७ मा सार्वजनिक गरेको जानकारीअनुसार आर्डर्नलाई ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरिएको जनाएको छ । उनी विश्वविद्यालयको स्वास्थ्य तथा चिकित्सा संकायअन्तर्गत स्कुल अफ पब्लिक हेल्थमा रहेर काम गर्नेछिन्। आर्डर्नको यो पूर्णकालीन अध्यापनको पद भने होइन।

आर्डर्नको जिम्मेवारी विशेषगरी मानवीय संवेदनासहितको नेतृत्व, सामाजिक सद्भाव, नागरिक विश्वास तथा विश्वव्यापी स्वास्थ्य चुनौतीका विषयमा केन्द्रित रहनेछ । स्वास्थ्य सेवामा समान पहुँच, समावेशिता र जनकल्याणका क्षेत्रमा पनि उनले विश्वविद्यालयसँग पनि सहकार्य गर्नेछिन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डर्नले सन् २०२३ सम्म सरकारको नेतृत्व गरेकी थिइन्। उनको कार्यकालमा क्राइस्टचर्च मस्जिदमा भएको आतङ्कवादी आक्रमण, ह्वाकारी ज्वालामुखी विस्फोट र कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिको सामना गर्नुपरेको थियो।

प्रधानमन्त्री पदबाट बाहिरिएपछि पनि उनले सार्वजनिक नेतृत्व र विश्वव्यापी चुनौतीका विषयमा आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छन्। उनले हार्वर्ड विश्वविद्यालयमा फेलोसिप पूरा गर्नुका साथै बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग पनि आबद्ध भएर काम गरेकी छन्।

सिड्नी विश्वविद्यालयका उपकुलपति तथा अध्यक्ष मार्क स्कटले आर्डर्नलाई विश्वविद्यालयमा स्वागत गर्दै सार्वजनिक जीवनमा उनले देखाएको साहस र मानवीय संवेदनाको प्रशंसा गरेका छन्। उनका अनुसार आर्डर्नको अनुभवबाट विद्यार्थीले सार्वजनिक नेतृत्व र सेवाका विषयमा प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउनेछन्।

विश्वविद्यालयमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै आर्डर्नले आफू प्रधानमन्त्री पदबाट बाहिरिएपछि नेतृत्वको विषयमा थप केन्द्रित भएको बताएकी छन्। विश्वव्यापी चुनौतीको सामना गर्न आवश्यक नेतृत्वलाई कसरी प्रोत्साहन र सहयोग गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थी तथा प्राज्ञिक समुदायसँग मिलेर काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ।

आर्डर्नको यो नियुक्तिले राजनीतिक नेतृत्वको अनुभवलाई शैक्षिक क्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। उनको अनुभवबाट विद्यार्थीले नेतृत्व भनेको निर्णय लिनु मात्र नभई समाजका आवश्यकता बुझ्नु, कठिन परिस्थितिमा जिम्मेवारी वहन गर्नु र मानवीय संवेदनालाई व्यवहारमा उतार्नु पनि हो भन्ने विषयमा सिक्ने अवसर पाउनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
न्युजिल्यान्डको समुद्री तटमा ४३ पाइलट ह्वेल मृत फेला, सामूहिक रूपमा किनारमा फसेपछि सबैको मृत्यु

न्युजिल्यान्डको समुद्री तटमा ४३ पाइलट ह्वेल मृत फेला, सामूहिक रूपमा किनारमा फसेपछि सबैको मृत्यु

न्युजिल्यान्डको समुद्री तटमा सामूहिक रूपमा किनारमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ । उद्धारकर्मीहरूले यस घटनालाई अत्यन्तै पीडादायी र कठिन भनेका छन् । न्युजिल्यान्डको उत्तरी टापुको दक्षिणी ...

#न्युजिल्यान्ड #रूप
Compare →
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#न्युजिल्यान्ड
Compare →
Ekantipur
1w ago
जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

मोरङको रिजाल एन्ड कम्पनीका नाममा रहेको ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा सरकारले जफत गर्नुपर्नेमा उल्टै मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टा गराइ भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जना प्रतिवादी, ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिघो मागदाबी

#पूर्वप्रधानमन्त्री
Compare →

Related Stories

Education & Youth
Build #2611