Trending
Prev Story
Next Story

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली

Onlinekhabar •
November 09, 2026 • 02:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ …

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली

२३ कात्तिक, सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ।

‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए। वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको थियो।

प्रदर्शनकारीहरूले राष्ट्रिय हित र अस्ट्रेलियाको पहिचानलाई प्राथमिकता दिनुपर्ने मागसहितका प्लेकार्ड र नारा प्रदर्शन गरेका थिए। जुलुसमा आप्रवासन नीतिका आलोचक र राष्ट्रवादी विचारधारा राख्ने समूहहरूको सहभागिता थियो।

यस प्रदर्शनको प्रतिवादमा सिड्नी टाउन हल क्षेत्रमा शरणार्थी तथा आप्रवासी अधिकारका पक्षधर समूहहरूले पनि छुट्टै ‘काउन्टर र्‍याली’ गरेका थिए। उनीहरूले जातीय विभेद र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान र सामाजिक विविधताको पक्षमा नाराबाजी गरेका थिए।

पछिल्लो समय अस्ट्रेलियामा बढ्दो जनसङ्ख्या, आवास सङ्कट र सार्वजनिक पूर्वाधारमाथिको दबाबलाई लिएर आप्रवासन व्यवस्थापनबारे बहस चर्किएको छ।

एकातिर आप्रवासी समुदायले अस्ट्रेलियाको स्वास्थ्य, शिक्षा, कृषि र निर्माणलगायतका क्षेत्रमा दिएको योगदानको चर्चा हुने गरेको छ भने अर्कोतिर पूर्वाधार र स्रोतमाथिको चापका कारण आप्रवासन नीतिमा कडाइ गर्नुपर्ने माग पनि उठिरहेको छ।

यसै सन्दर्भमा अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका आप्रवासी राजीव भुसालले अवसर र आश्रय दिएको देशप्रति आप्रवासीहरूले पनि सम्मान देखाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

आफूलाई स्वागत गर्ने देशको समाज, संस्कृति र मूल्यमान्यताको सम्मान गर्नु हरेक आप्रवासीको दायित्व भएको उनको भनाइ छ।

‘कुनै देशले अवसर र राम्रो भविष्य दिएको छ भने त्यसको सम्मान गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउनुपर्छ,’ भुसालले भने, ‘पुस्तौँको मिहिनेतबाट निर्माण भएको समाजलाई कमजोर बनाउने वा अपमान गर्ने व्यवहार स्वीकार्य हुँदैन।’

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4d ago
सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

काठमाण्डौ। पेरिसमा महँगीविरुद्धको जुलुस सकिँदै गर्दा प्रहरीसँग झडप भयो। इटालीको टुरिनमा विद्यार्थी, श्रमिक र किसान...

#सिड्नी #आप्रवासन
Compare →
Hamro Patro News
6d ago
अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कम...

#सिड्नी #अस्ट्रेलिया
Compare →
Ekantipur
4d ago
पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

लगातार ४ हारपछि पोखराले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीमाथि ६३ रनको जित हात पार्‍यो ।

#प्रदर्शन
Compare →
Nagarik News
5d ago
अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

#प्रदर्शन
Compare →

Related Stories

Australia & Pacific
Build #2611