काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अल्बानिज सहभागी भएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताएका छन् ।
‘आज सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको छ । विविधता नै हाम्रो शक्ति हो र तपाईंहरूको समुदाय यसको महत्त्वपूर्ण हिस्सा हो,’ उनले लेखेका छन् । सो क्रममा उनी नेपाली ढाकाटोपीमा देखिएका थिए ।
Read full story at source ( ratopati.com )