Trending
Prev Story
Next Story

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

Onlinekhabar •
November 11, 2026 • 07:31 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य …

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ।

अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य जाँच र उपचार गरेको थियो।

बीबीसी उर्दूका अनुसार ती अधिकारीले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप, ज्वरो र आँखाको जाँचका साथै अन्य आवश्यक परीक्षणहरू पनि गरिएको बताएका छन्। करिब डेढ घण्टा अस्पतालमा राखेपछि खानलाई पुनः जेल फर्काइएको थियो।

जेल अधिकारीहरूका अनुसार, उनलाई राति १:४० बजे अडियाला जेलबाट उपचारका लागि अस्पताल पठाइएको थियो भने बिहान ३:२५ बजे फिर्ता ल्याइएको थियो।

अधिकारीहरूले बुधबार डाक्टरहरूको टोलीले उनको स्वास्थ्य अवस्थाबारे रिपोर्ट जारी गर्न सक्ने बताएका छन्। यसअघि नोभेम्बर ८ मा पनि जेलमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

१९ करोड पाउन्ड हिनामिनाको मुद्दाको सुनुवाइका क्रममा इमरान खानका वकिल सलमान सफदरले अदालतसमक्ष आफ्ना मुवक्किलको रक्तचाप नियन्त्रणमा नरहेको बताएका थिए।

यसैबीच, इस्लामावाद उच्च अदालतले जेल अधिकारीहरूलाई बुधबार वकिलहरू सलमान सफदर र सरदार लतिफ खोसालाई इमरान खान र उनकी पत्नी बुशरा बिबीसँग एक घण्टा भेटघाट गराउन निर्देशन दिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
इमरान खानलाई जेलबाट मध्यराति अस्पताल लगियो

इमरान खानलाई जेलबाट मध्यराति अस्पताल लगियो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गएराति कडा सुरक्षा घेराबीच अदियाला जेलबाट इस्लामाबादस्थित पीएचएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीले बीबीसी उर्दूलाई दिएको जानकारी...

#अस्पताल #जेल #खान
Compare →
Bizshala
13h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →
Ekantipur
14h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#अस्पताल
Compare →
Nagarik News
1d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#अस्पताल
Compare →

Related Stories

Politics & Governance
Build #2611