Trending
Prev Story
Next Story

प्रदर्शनीमा राख्ने तयारी

Hamro Patro News •
October 27, 2026 • 11:55 PM
1
1 reads 0 reactions

अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्‍याङ । झट्ट हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय नौ वर्ष पुरानो, नेपालको पहिलो दमकल हो । नेप...

प्रदर्शनीमा राख्ने तयारी

अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्‍याङ । झट्ट हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय नौ वर्ष पुरानो, नेपालको पहिलो दमकल हो । नेपालको एउटा जुगको इतिहास बोकेको सो दमकललाई यताउति सार्न मानिसको साहरा चाहिन्छ । मङ्गलबार त्यसै गरी अन्यत्र सार्न अर्को सवारीले तानेर चोकमा पुर्‍याइयो । त्यसपछि धकेल्दै तयार पारिएको ठाउँसम्म पुर्‍याइयो । त्यो पुरानो जिनिसको फोटो, भिडियो खिच्ने हेरालुहरूको भिड हेर्नलायक थियो ।

तिनै ऐतिहासिक दमकललाई जुद्ध वारुण यन्त्र सङ्ग्रहालयमार्फत अवलोकनका लागि खुला गरिने भएको छ । नेपालको पहिलो र सबैभन्दा पुरानो दमकल ‘जुद्ध वारुण यन्त्र’ काठमाडौँ, वसन्तपुरस्थित कार्यालयमा सङ्ग्रहालय बनाएर आमनागरिकलाई अवलोकनका लागि सार्वजनिक गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
5d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#राख्ने #तयारी
Compare →

Related Stories

Technology
Build #2612