Trending
Prev Story
Next Story

सरकारसँग सशंकित रवि, भन्छन्: चार महिनामा छनक देखाउनु पर्थ्यो

Nagarik News •
August 10, 2026 • 07:25 AM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्ति यही बिन्दुमा आएर अर्थपूर्ण देखिन्छ, ‘हिजोका नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैनौँ, अब बल हाम्रो कोर्टमा आएको छ।’

सरकारसँग सशंकित रवि, भन्छन्: चार महिनामा छनक देखाउनु पर्थ्यो

सत्तामा पुगेपछि विगतलाई दोष दिएर उम्किन पाइँदैन। यो सामान्य राजनीतिक सिद्धान्त हो। तर नयाँ राजनीतिक शक्तिका लागि यो अझ कठोर सत्य हो। किनकि जनताले उसलाई सत्ता पुराना दलको विकल्पका रूपमा दिएका हुन्, पुरानै शैली दोहोर्याजउन होइन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्ति यही बिन्दुमा आएर अर्थपूर्ण देखिन्छ, ‘हिजोका नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैनौँ, अब बल हाम्रो कोर्टमा आएको छ।’ यो स्वीकारोक्ति स्वागतयोग्य छ। तर स्वीकारोक्ति आफैंमा उपलब्धि होइन। उपलब्धिको सुरुवात भने अवश्य हो।

लामिछानेले सरकार गठन भएको चार महिना मात्रै भएकाले मूल्यांकन गर्ने बेला भइनसकेको तर्कसँगै यही चार महिनामा ‘अलिकति छनक’ देखाउन सक्नुपर्ने कुरा पनि स्वीकार गरेका छन्। वास्तवमा अहिलेको राजनीतिक बहसको केन्द्र यही हुनुपर्छ। जनताले चार महिनामै चमत्कार खोजेका छैनन्।

उनीहरूले दिशा खोजेका हुन्। सरकार कहाँ जाँदैछ भन्ने संकेत खोजेका हुन्। पुरानो बाटोबाट साँच्चै अलग यात्रा सुरु भएको छ कि छैन भन्ने प्रमाण खोजेका हुन्।

प्रकाशित: २५ श्रावण २०८३ १३:१० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त, राहत दिन सरकारसँग माग

रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त, राहत दिन सरकारसँग माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त गरेका छन् । सभापति ...

#रवि-लामिछाने #स्वतन्त्र #सरकारसँग
Compare →
Ekantipur
6d ago
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

#रवि-लामिछाने #रवि
Compare →

Related Stories

National (Nepal)
Build #2611