Trending
Prev Story
Next Story

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति

Ekantipur •
October 16, 2026 • 06:52 PM
2
2 reads 0 reactions

राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति

राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

काठमाडौँ — गत १० भदौमा आएको भोटेकोशी बाढीबाट ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जग्गाजमिनमा क्षति पुगेको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार जग्गाजमिनमा करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, १ हजार ११५ परिवारका १ हजार ४२३ सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । २ हजार ३३० परिवारका नगद, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

आयोगले यी विवरण घरधुरी सर्वेक्षणका प्रारम्भिक तथ्यांकमा आधारित रहेको र अन्य क्षेत्रको क्षति तथा नोक्सानीसमेत समेटेर प्रतिवेदन तयार भइरहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
भोटेकोशी बाढीबाट क्षति भएको स्कुल बस

भोटेकोशी बाढीबाट क्षति भएको स्कुल बस

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको रसुवाको उतरगया गाउँपालिका वडा नं ५ वेत्रावतीस्थित पासाङल्हामु सडक छेउमा रहेको स्कुलको बस । तस्बिर : रासस

#बाढी #क्षति #भोटेकोशी
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी #भोटेकोशी
Compare →
Onlinekhabar
4d ago
कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

२३ कात्तिक, काठमाडौं । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ । पीडा भुल्न अझै लामो समय लाग्ला । बाढीमा परी एक हजार ४५० भन्दा बढीको …

#बाढी #क्षति
Compare →

Related Stories

National (Nepal)
Build #2611