Trending
Prev Story
Next Story

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक …

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो ।

विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएको छ ।

विपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेको छ ।

मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ । विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको छ । विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
19h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#पहाडी #हिमाली
Compare →
Arthasansar
1d ago
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

#पहाडी #हिमाली
Compare →
Hamro Patro News
1d ago
के आज पनि पानी पर्छ?

के आज पनि पानी पर्छ?

काठमाडौँ– नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ। देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू-भागको मौसम मुख्यतया सफा ...

#पहाडी #हिमाली
Compare →
Ekantipur
3d ago
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

पहिलो सिकार याममा ११ विदेशी सिकारी नाउर र झारलको सिकारमा छन् भने नेपाली पर्यटक पदयात्रा र दृश्यावलोकनमा रमाइरहेका छन्।

#पदयात्रा
Compare →

Related Stories

Science & Climate
Build #2611