Trending
Prev Story
Next Story

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित

Ekantipur •
October 27, 2026 • 03:30 PM
1
1 reads 0 reactions

कर्णालीले १३२ रन बनाएपछि जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गर्‍यो।

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित

कर्णालीले १३२ रन बनाएपछि जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गर्‍यो।

काठमाडौँ — सानो स्कोर बनाए पनि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

१ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा १ सय १३ रनमा अलआउट भयो । दुई सिजनअघिको विजेता जनकपुरले अन्तिम ६ विकेट केवल १९ रनका लागि गुमाएको थियो ।

देब्रेहाते स्पिनर युनिस विक्रमसिंह ठकुरीले ३ विकेट लिँदै खेल पल्टाएका थिए । उनले १४ औं ओभरमा जनकपुरका कप्तान हरमित सिंहलाई १९ रनमा कट एन्ड बोल्ड गरेका थिए । १६ औं ओभरमा उनले अर्को निर्णायकजस्तै बलिङ गरे । सो ओभरमा उनले लगातार बलमा जिम्मी निसम र आदित्य महतालाई आउट गरेपछि जनकपुरको नियन्त्रणमा रहेको खेल कर्णालीले खोसेको थियो ।

माथिल्लो क्रमका तृतराज दास १, मयन यादव १४, अनिल साह ११ र कुशल पेरेरा ६ रनमा आउट भए । तल्लो क्रममा ब्याटिङ गरेका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । उनले १७ बल खेली २ छक्का प्रहार गरे । ललित राजवंशी १ रनमा बोल्ड भए ।

कर्णालीबाट युनिस र पाकिस्तानी खेलाडी हुसैन तलातले ३–३ विकेट लिए । युनिसले ४ ओभरमा १ मेडन राख्दै २२ र तलातले ४ ओभरमा २६ रन खर्चे । नन्दन यादवले २.३ ओभरमा १३ रन खर्चेर २ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सकेको थियो ।

ओपनर मार्क वाटलाई १ रनमै गुमाएको कर्णालीबाट अर्का ओपनर आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बल खेली ४ छक्का प्रहार गरे ।

दीपक डुम्रे २ छक्का प्रहार गर्दै १३, तलात ३, अकबर अली १, गुलशन झा १२ र सोमपाल १ रनमा आउट भए । पवन सर्राफले ३७ बल खेली ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । नन्दन १० रनमा आउट भए ।

जनकपुरबाट पहिलो पटक खेलिरहेका कप्तान हरमितले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चे । मोइन अली र राहुल यादवले २–२ तथा ललित राजवंशीले १ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
6h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
6h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2611