जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो ।
पाल्पा — ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताअन्तर्गत मंगलबार भएका दुई खेलमा पाल्पाली क्रिकेट प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी भएका छन् ।
जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको पाल्पाली क्रिकेट प्लेयर्सले ९ विकेट गुमाएर १५७ रन जोडेको थियो । पाल्पालीका लागि रुपेश बस्यालले ४५, विशाल दर्नाले २०, सक्षम खड्काले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोडन् सकेनन् । बलिङ्तर्फ भने फ्रेन्ड्स ब्याइजका दिवस अर्यालले ४ विकेट लिए भने प्रतिस अधिकारीले ३ र सफल भट्टराईले एक विकेट लिए ।
जवाफी ब्याटिङमा फ्रेन्ड्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १२९ रनमै समेटियो । उसका लागि साहिद अलीले ४९, कोशिष पाण्डेले ३३, रोशन नेपालले १२ रन बटुले । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ पाल्पालीका थानेश्वर भट्टराईले ४, अमृत अर्यालले ३, अस्बिन गैरे र श्रीधर बस्यालले १/१ विकेट लिए ।
अर्को खेलमा दमकडा क्रिकेट क्लबलाई करुवा क्रिकेट क्लबले ५ विकेटले जितेको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको दमकडाले ९ विकेट गुमाएर १३६ रन जोडेको थियो । दमकडाका लागि केशव पाण्डेयले २६, गोपाल तिमिल्सेनाले २५, आशिष न्यौपानेले १२, विपिन भट्टराईले १२, सागर बस्यालले ११ जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोडेनन् । वलिङ्तर्फ करुवा क्रिकेट क्लबका दिनेश बुढा मगरले ३, निरबहादुर सार्की र राजन रखालले २/२, लीला शर्माले १ विकेट लिए ।
जवाफी ब्याटिङमा करुवाले ५ विकेट गुमाएर १८.४ ओभरमा १ सय ३९ रन जोड्यो । उसका लागि मनिष न्यौपानेले ४२, निरबहादुर सार्कीले २४, लीला शर्माले १७, सचित नेपालले १४, दिनेश बुढामगरले ११, तेजेन्द्र वीरजंग राणाले १० रन जोडे । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । वलिङ्तर्फ दमकडाका आशिष न्यौपानेले दुई, अच्युत पाण्डेय, विपीन भट्टराई र भुवन पाण्डेयले १/१ विकेट लिए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।