नेपालले संयुक्त राष्ट्रसंघको हानि तथा नोक्सानी कोषमा आपत्कालीन सहयोगका लागि अपिल गरेको छ । तर, कोषले अहिलेसम्म यस किसिमको कुनै पनि रकम वितरण गरेको छैन । जबकि विपद्बाट प्रभावित परिवारहरू राहतको प्रतीक्षामा छन् भने पुनर्निर्माणका लागि नेपालले थप ऋण लिइरहेको छ ।
उ रिका तामाङले अन्तिम पटक श्रीमान्सँग कुरा गर्दा उनले १५ असोजसम्ममा घर आइपुग्ने भनेका थिए । उनका श्रीमान् रसुवाको टिमुरेस्थित एक सरकारी विद्यालयका शिक्षक थिए, जुन ठाउँ तिब्बतसँगको सीमावर्ती क्षेत्र हो । छोराले काठमाडौंको स्कुलमा पढ्न पाओस् भनेर उनी आठ वर्षयता श्रीमती र छोराबाट टाढा रही शिक्षण पेसामा थिए ।
३७ वर्षीया तामाङले श्रीमान् रसुवाको बाढीमा परेर बितेको खबर विद्यालयका प्रधानाध्यापकबाट पाइन् । विपद्मा परेर घाइते भएका प्रधानाध्यापकलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । ‘छोरालाई बुबा बितेको खबर त सुनाए तर उसले अझै बुबा दसैंमा घर फर्किने आस गरेर बसेको छ । छोराले बुबाको शव देखेन, त्यही कारण पनि उहाँ बित्नुभएको कुरा विश्वास गर्न सकेको छैन,’ तामाङले भनिन् ।
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव
शुभेच्क्षा पौडेल कान्तिपुर मिडिया ग्रुपको इन्टरप्राइज टिममा कार्यरत छिन् । उनी वातावरण र जलवायु परिवर्तनबारे रिपोर्टिङ गर्छिन् ।