Trending
Prev Story
Next Story

बिक्री नहुँदा गोदाममै थन्कियो मुस्ताङको स्याउ

Nagarik News •
October 27, 2026 • 11:51 AM
1
1 reads 0 reactions

पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो।

बिक्री नहुँदा गोदाममै थन्कियो मुस्ताङको स्याउ

व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन्। पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो।

केही महिनादेखि पोखरा/काठमाडौं लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन्।

स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको  स्याउ जिल्लामै रोकिएको थियो। घटनस्थापनाको दुई दिनअघि मात्रै बेनी–जोमसोम सडकमार्ग सञ्चालन भएको थियो।

दसैँको अन्तिम समयमा सडक सञ्चालन भएसँगै मुस्ताङको स्याउ एकैसाथ बजार पुर्याउँदा व्यापारीलाई स्याउ बिक्री गर्न समस्या परेको हो।

मुस्ताङमा स्याउको व्यापार गर्दै आइरहेका धादिङ खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङ यसपटक भने स्याउ नबिकेर तनाबमा परेको बताए।

उनले मुस्ताङबाट एक करोड बढी मूल्यको स्याउ खरिद गरिएको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको छ भने।

‘स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनाबमा परेको छु’, व्यापारी तामाङले भने, ‘खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन।’

मुस्ताङको स्याउ एकैपटक  बजारमा ल्याउनुपर्दा  गोदाम र मन्डी भरिएकाले स्याउको खपत हुन नसकेको हो।

मुस्ताङमा यसवर्ष स्याउको उत्पादन राम्रो भएपनि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यहाँको स्याउ बजारमा बिक्री हुन कठिन भएको हो।

यसवर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ।

विगतमा असोज अगावै मुस्ताङका स्याउ बिक्री भइसक्थ्यो। यसपाला सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ एकैसाथ बजार पुग्दा मूल्य र बिक्रीमा ह्रास आएको हो।

यसवर्ष ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले असोज महिनाभित्र सबै स्याउ बिक्री भइसक्नुपर्नेमा आधा मात्रै स्याउ बिक्री गरेको बताए।

‘दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ’, किसान गुरुङले भने, ‘स्याउ खपत हुन नसक्दा बढी पाकेर स्याउ बोटबाटै झरेर नष्ट भइरहेको छ, ४०० टन जति स्याउ कोल्ड स्टोरमा राखेको छु।’

गतवर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यसपाला स्याउ खपत हुने सिजन सकिन लागेकाले चिन्ता बढेको उनले बताए।

यसवर्ष छिटो पाक्ने स्याउ भदौ १२  र ढिलो पाक्ने स्याउ भदौ २२ गतेबाट टिपाइ गर्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो।

सोही निर्णयअनुसार हरितालिका तीज पर्वको अवसरमा २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङले हालसम्म ५० प्रतिशत स्याउ पोखरा–काठमाडौं लगायतका सहरमा निकासी भएको जनाएको छ।

कृषि तथा पशु विकास कार्यालय प्रमुख डा लालमणि अर्यालका अनुसार यसवर्ष सडक अवरुद्धका कारण मुस्ताङको स्याउलाई बजारीकरण गर्नमा केही समस्या परेको बताए।

बगैँचामा करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ। रासस

प्रकाशित: १० कार्तिक २०८३ १७:३६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

मुस्ताङमा कात्तिक महिनाको तेस्रो सातासम्म मुस्ताङमा उत्पादित कुल स्याउको ७२ प्रतिशत स्याउ बजारमा निकासी भएको छ । दसैँसम्म ३५ प्रतिशत मात्रै स्याउ निकासी भएको थियो । असोज महिनामा बाढीपहिरो र नदी कटा...

#स्याउ #मुस्ताङ
Compare →
Arthasansar
1w ago
भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री...

#बिक्री
Compare →
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#बिक्री
Compare →
Ekantipur
1w ago
इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

#बिक्री
Compare →
Onlinekhabar
5d ago
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक, मुस्ताङ। तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र …

#मुस्ताङ
Compare →

Related Stories

Business & Economy
Build #2611