Trending
Prev Story
Next Story

ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

Nagarik News •
October 27, 2026 • 11:32 AM
1
1 reads 0 reactions

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।

उनले धेरै ज्ञान भएका मानिस पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्ने धारणा व्यक्त गरे।

ओलीले भगवानको उत्पत्ति र धार्मिक मान्यताबारे व्याख्या गर्दै पार्वतीको श्रापपछि देवताका सन्तान जन्मिन बन्द भएको प्रसङ्ग सुनाए। त्यसपछि भने नक्कली भगवानहरू जन्मिएर हैरान पारेको उनको टिप्पणी थियो।

‘अब देवता, बढी देवता जन्मिँदैनन् । तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ,’ ओलीले भने। उनले समाजमा दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिप्रति पनि व्यङ्ग्य गरे।

‘हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ,’ उनले भने।

ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्नेमा जोड दिए । उनले योग दर्शनको अष्टाङ्ग योगअन्तर्गत यम र नियमको चर्चा गर्दै हिंसा नगर्ने, असत्य नबोल्ने, सत्य बोल्ने, शान्तिको मार्गमा हिँड्ने र सबैको सुरक्षा गर्ने मान्यतामा जोड दिए।

त्यसैगरी, अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्रै सीमित रहने सिद्धान्त पनि महत्त्वपूर्ण रहेको उनले बताए।

‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट,’ ओलीले भने।

योग दर्शनको व्याख्या गर्दै उनले पतञ्जलिको योगमा आइपुग्दा ईश्वरवादसँग जोडिएको उल्लेख गरे। उनका अनुसार सांख्य र शैव दर्शनमा योग ईश्वरवादमा मिसिएको थिएन।

‘आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन्। बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख। शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ ओलीले भने।

प्रकाशित: १० कार्तिक २०८३ १७:१७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी

आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । बुधबार पार्टी केन्द्...

#केपी-ओली #टिप्पणी #ओली
Compare →
Onlinekhabar
1w ago
नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- अह्राएको काम गर्छन् भनेर बनाएको होला

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- अह्राएको काम गर्छन् भनेर बनाएको होला

१८ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् । बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- 'उहाँहरूले अर्‍हाएको …

#केपी-ओली #ओली #टिप्पणी
Compare →
Ekantipur
6d ago
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

#टिप्पणी
Compare →

Related Stories

Politics & Governance
Build #2612