Trending
Prev Story
Next Story

सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला

Nagarik News •
October 27, 2026 • 11:50 AM
1
1 reads 0 reactions

दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ।

सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला

दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि फुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव छुट्टाछुट्टै नदी किनारमा भेटिएको हो।

फुर्कुटीको शव आइतबार साँझ उदयपुरको कटारी नगरपालिका-१४ लेखानीस्थित सुनकोसी किनारमा फेला परेको थियो भने राईको शव सोमबार दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदी किनारमा भेटिएको हो।

आफन्तले शव पहिचान गरेपछि मंगलबार जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश खड्काले जानकारी दिए।

दुर्घटनामा बेपत्ता भएका लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्रातीको भने अझै अत्तोपत्तो छैन। उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र आफन्तहरू जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

कात्तिक १ गते राति ९:३० बजे काठमाडौंबाट ९ जना यात्रु लिएर हिँडेको को १ ज २०७६ नम्बरको सुमो कात्तिक २ गते बिहान करिब ३:३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २ सय मिटर तल नदीमा खसेको थियो।

दुर्घटनालगत्तै घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी-५ लफ्याङ छिवाकी २१ वर्षीया युपना राई, उनकै बहिनी १९ वर्षीया काव्या राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा थिए। उनीहरूको शव सडकभन्दा तल नदी किनारमाथि नै फेला परेको थियो।

दुर्घटनामा चालकसहित घाइते भएका चार जनाको अवस्था सुधारोन्मुख छ। घाइतेमध्ये दिक्तेल रूपाकोट मझुवागढी-३ बाम्राङकी ३८ वर्षीया सम्झना राई र उनकी १२ वर्षीया छोरी शिवानीलाई हेलिकप्टरमार्फत काठमाडौं पुर्‍याएर उपचार गरिँदैछ।

ओखलढुंगाका चालक आशिष विश्वकर्मा र मृतक स्वस्तिकाका भाइ १३ वर्षीय अङ्कित विश्वकर्माको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १० कार्तिक २०८३ १७:३५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
14h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#जीप #दुर्घटना
Compare →
Onlinekhabar
14h ago
जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

२७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् । जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रडक जाम गरेका हुन् । तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ …

#फेला
Compare →
Hamro Patro News
18h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ । कार्तिक २७, २०८३ दुर्गालाल केसी दाङ — घोराही उप...

#बेपत्ता
Compare →

Related Stories

Technology
Build #2612