Trending
Prev Story
Next Story

बडिमालिका कपको उपाधि जाल्पा माविले जित्यो

Ekantipur •
October 27, 2026 • 12:30 PM
2
2 reads 0 reactions

जाल्पा माविले त्रिवेणी नगरपालिकालाई ३–० का सेटमा पराजित गर्‍यो ।

बडिमालिका कपको उपाधि जाल्पा माविले जित्यो

जाल्पा माविले त्रिवेणी नगरपालिकालाई ३–० का सेटमा पराजित गर्‍यो ।

बाजुरा — बडिमालिका कप खुला भलिबल प्रतियोगिताको उपाधि जाल्पा माध्यमिक विद्यालयले जितेको छ भने त्रिवेणी नगरपालिका उपविजेता बनेको छ ।

मंगलबार सम्पन्न प्रथम बडिमालिका कप खुला प्रतियोगितामा जाल्पा मावि पिनालेखले त्रिवेणी नगरपालिकालाई सोझो सेटमा पराजित गरेको हो ।

बडीमालिका नेचर प्रालि बाजुराको आयोजनामा सुरु भएको खुला भलिबल प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । लिग चरण, क्वाटरफाइनल र सेमिफाइनल जित्दै उपाधिका लागि प्रतिस्पर्धा गरेको जाल्पा माविले त्रिवेणी नगरपालिकालाई ३–० का सेटमा पराजित गरेको अध्यक्ष कृष्ण ओलीले बताए ।

उनका अनुसार जाल्पा माविले पहिलो सेटमा २५–२३, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१६ को स्कोरमा त्रिवेणी नगरपालिकालाई पराजित गरेको हो ।

उपाधि विजेता जाल्पा माविले नगद एक लाख ५५ हजार ५५५ सहित ट्रफी जितेको प्रालिका अध्यक्ष ओलीले कान्तिपुरलाई जानकारी दिएका छन् ।

यस्तै, उपविजेता बनेको त्रिवेणी नगरपालिकाले ९९ हजार ९९९ रुपैयाँसहित ट्रफी जितेको हो ।

खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवर्द्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए ।

आगामी वर्ष प्रालिले दुई लाख रुपैयाँको खुला भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

यस्तै जिल्लाबाट, प्रदेश तथा राष्ट्रियस्तरमा भलिबल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने दुई जनालाई प्रालिले सम्मान गरेको छ । पूर्वभलिबल खेलाडी तथा बाजुरा भलिबल संघका अध्यक्ष सुरेन्द्र रौले र भलिबल खेलाडी बलबहादुर रोकायालाई दोसल्लासहित सम्मान गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

उदयपुरमा सम्पन्न त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता ०८३ को उपाधि पाहुना टिम भारतको जर्जियन फुटबल क्लबले जितेको छ। कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ ...

#कपको #उपाधि #जित्यो
Compare →
Bizshala
11h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#उपाधि #जित्यो
Compare →
Nagarik News
5d ago
चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।

#उपाधि #जित्यो
Compare →

Related Stories

Sports
Build #2612