Trending
Prev Story
Next Story

ललितपुरमा पाँचदिने १९औँ गोदावरी फूल प्रदर्शनी हुने

Ekantipur •
October 27, 2026 • 12:30 PM
1
1 reads 0 reactions

मेलामा गोदावरी फूलका ४५० भन्दा बढी प्रजातिका बिरुवा तथा अन्य मौसमी फूलको प्रदर्शन र बिक्री गरिनेछ ।

ललितपुरमा पाँचदिने १९औँ गोदावरी फूल प्रदर्शनी हुने

मेलामा गोदावरी फूलका ४५० भन्दा बढी प्रजातिका बिरुवा तथा अन्य मौसमी फूलको प्रदर्शन र बिक्री गरिनेछ ।

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ सम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ हुने भएको छ ।

'रोपेर फूल गोदावरी, सजाऔं घरआँगन वरिपरि' भन्ने नाराका साथ हुने मेलाको उद्घाटन बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले गर्नेछिन् । तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको मेलामा ८६ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

मेलामा गोदावरी फूलका ४५० भन्दा बढी प्रजातिका बिरुवा तथा अन्य मौसमी फूलको प्रदर्शन र बिक्री गरिनेछ । गोदावरी फूलका ५ प्रजाति (मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर) बीच प्रतिस्पर्धा गराइने र उत्कृष्टलाई पुरस्कृत गरिनेछ।

पाँच दिनसम्म चल्ने मेलामा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धि भए पनि आयात अझै उच्च रहेको आयोजकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#फूल
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल
Compare →
Hamro Patro News
4d ago
भारतीय फूलमा कडाइ, ५० करोड बढीको नेपाली फूलले लियो बजार

भारतीय फूलमा कडाइ, ५० करोड बढीको नेपाली फूलले लियो बजार

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । उज्यालो र फूलैफूलको पर्वका रूपमा चिनिने तिहारमा यस वर्ष नेपाली पुष्प व्यवसायी र किसानहरूका लागि निकै उत्साहजनक वातावरण तय भएको छ । विग...

#फूल
Compare →

Related Stories

National (Nepal)
Build #2612