काठमाडौं- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।
आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो । विराटनगरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९।३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो ।
Read full story at source ( ajakoartha.com )