Trending
Prev Story
Next Story

हाटबजार राजस्व हिनामिना प्रकरण: गोलबजारका तत्कालीन मेयर र उपमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nagarik News •
October 27, 2026 • 11:21 AM
1
1 reads 0 reactions

सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

हाटबजार राजस्व हिनामिना प्रकरण: गोलबजारका तत्कालीन मेयर र उपमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित सात जनालाई १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो, कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, तत्कालीन उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी., तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादव रहेका छन्।

उनीहरू पाँचै जनासँग जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो माग गरिएको छ। नगरप्रमुखको हैसियतमा रहेर भ्रष्टाचारजन्य कसुर गरेकाले तेलीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ।

यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतोविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो, कैद र जरिवानाको मागदाबी गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नगरपालिकाको वडा नम्बर ६ र ७ स्थित पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालन गर्दा आपसी मिलेमतोमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरिएको हो।

नगर कार्यपालिकाको २०७८ साउन ४ गतेको बैठकमार्फत आर्थिक वर्ष २०७७/७८ को राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ नियमविपरीत छुट दिइएको थियो। स्थानीय तहमा कर छुट दिने अधिकार नगरसभालाई मात्र हुने कानुनी तथा विधायिकी सिद्धान्तविपरीत कार्यपालिका बैठकबाट कर छुट दिइएको अख्तियारको ठहर छ।

त्यस्तै, आर्थिक वर्ष २०७८-७९ मा प्रतिस्पर्धाबिनै सोझै अमानतमा गोलबजार-८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई हाटबजार सञ्चालन गर्न दिइएको थियो।

यादवबाट असुली गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा राजस्व दाखिला नगरी हिनामिना गरिएको पाइएको छ।

राजस्व नबुझाउने ठेकेदार यादवलाई मतियारका रूपमा मुख्य कसुरदार सरह नै सजाय, बिगो र जरिवाना मागदाबी गरिएको आयोगले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १७:०६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार म...

#दायर #हिनामिना #भ्रष्टाचार
Compare →
Bizshala
1w ago
१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

–रविन ठकुरी काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा...

#राजस्व #मुद्दा
Compare →
Onlinekhabar
1w ago
सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी

सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी

१९ कात्तिक, सिरहा । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार (घुस/रिसवत) सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले हिजो (बुधबार) उनलाई दोषी ठहर गरेको हो । यादवलाई एक उपभोक्ता …

#तत्कालीन #भ्रष्टाचार #मुद्दा
Compare →
Ekantipur
1w ago
तिहार नजिकिएसँगै धनकुटाका हाटबजारमा चहलपहल, ढाकाटोपीदेखि भाइमसलासम्मको कारोबार बढ्दै

तिहार नजिकिएसँगै धनकुटाका हाटबजारमा चहलपहल, ढाकाटोपीदेखि भाइमसलासम्मको कारोबार बढ्दै

चाडपर्वका लागि आवश्यक पूजासामग्री, ढाकाटोपी, कपडा, फलफूल, भाइमसला तथा उपहारका सामग्री खरिद गर्न उपभोक्ता हाटबजार पुग्न थालेका छन् ।

#हाटबजार
Compare →

Related Stories

Business & Economy
Build #2611