Trending
Prev Story
Next Story

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

Nagarik News •
October 27, 2026 • 11:04 AM
1
1 reads 0 reactions

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, मित्रता तथा सहयोगका आधारमा निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरे।

उनले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा जर्मनीले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे।

उपराष्ट्रपति यादवले गत भदौ १० गते आएको भोटेकोशीको बाढी र विपत्तिपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे।

त्यस अवसरमा राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध घनिष्ठ र विश्वासपूर्ण रहेको उल्लेख गर्दै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना प्रकट गरे। उनले नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गरे।

उनले नेपाललाई विपत्तिपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा प्रदान गर्न सकिने सहयोगका सम्भावित क्षेत्रका बारेमा जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयकी संसदीय राज्यमन्त्री डा बार्बेल कोफ्लरको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको जानकारी पनि दिए।

प्रकाशित: १० कार्तिक २०८३ १६:४९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दु...

#राजदूत #भेटवार्ता
Compare →
Onlinekhabar
11h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#राजदूत #भेटवार्ता
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#यादव
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव
Compare →

Related Stories

Politics & Governance
Build #2611