Trending
Prev Story
Next Story

निस्दी कपको उपाधि न्यू होराइजनलाई

Ekantipur •
October 27, 2026 • 12:00 PM
1
1 reads 0 reactions

महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो ।

निस्दी कपको उपाधि न्यू होराइजनलाई

महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो ।

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–५, गल्धाको बेलौजीमा सम्पन्न पाँचौं निस्दी कप खुला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीको न्यू होराइजन क्लबले जितेको छ । फाइनलमा जिल्ला भलिबल संघ पाल्पालाई ३–१ सेटले पराजित गर्दै न्यू होराइजनले उपाधि जितेको हो । उपाधिसँगै न्यू होराइजनले १ लाख १ हजार १११ रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पाल्पाले ५० हजार १११ रुपैयाँ पुरस्कार पायो ।

कपिलवस्तुको बाणगंगा भलिबल ट्रेनिङ सेन्टरलाई ३–२ सेटले पराजित गर्दै पाल्पाको बाङ्लाङ भलिबल क्लब तेस्रो भयो । उसले २५ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको खेल संयोजक यम सारुले बताए ।

महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फ न्यू होराइजनका प्रदीपकुमार चौधरी उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ स्टेप रामपुरकी विनिता राना उत्कृष्ट खेलाडी बनिन् । प्रतियोगिताका विजेतालाई प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पुरस्कार प्रदान गरे ।

गल्धाको बेलौजीस्थित जनचेतना युवा क्लबको आयोजना तथा बालकल्याण क्लबको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

म्याग्दी। बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ। बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबल...

#उपाधि #क्लब #कपको
Compare →
Nagarik News
5d ago
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

#उपाधि #कपको
Compare →
Bizshala
1w ago
कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ...

#उपाधि
Compare →

Related Stories

Sports
Build #2611