Trending
Prev Story
Next Story

दीपक भट्टले चोलेन्द्र शमशेरसँग फोन संवाद गरेको भन्ने तथ्य सही होइन : चतुर्भुज भट्ट

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको पूर्पक्षका लागि थुनामा रहेका दीपक भट्टका बुवा चतुर्भुज भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फोन गरी मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने सूचना गलत भएको दाबी …

दीपक भट्टले चोलेन्द्र शमशेरसँग फोन संवाद गरेको भन्ने तथ्य सही होइन : चतुर्भुज भट्ट

१० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको पूर्पक्षका लागि थुनामा रहेका दीपक भट्टका बुवा चतुर्भुज भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फोन गरी मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने सूचना गलत भएको दाबी गरेका छन् ।

उनले अनलाइनखबरलगायतका सञ्चार माध्यममा प्रकाशित भएका यस्ता तथ्यसहितका समाचारहरू वास्तवित विरणसँग नमिल्ने भन्दै खण्डन गरेका छन् ।

भट्टका अनुसार, दीपक भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश राणालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेको वा त्यस्तो प्रयास गरेको भन्ने अफवाहपूर्ण भएको दाबी गरेका छन्।

उनले दीपक भट्ट अदालतबाट न्याय प्राप्त हुने विषयमा विश्वस्त रहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी कसुर नगरेको बयान अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पाटनसमक्ष दिएको दाबी गरेका छन्।

त्यस्तै, बीमासम्बन्धी र धितोपत्रसम्बन्धी कसुर पनि नगरेको भनी दीपक भट्टले अनुसन्धान अधिकारी तथा काठमाडौं जिल्ला अदालतमा बयान दिएको चतुर्भुज भट्टको भनाइ छ।

पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले कारागारको निर्धारित स्थान र समयमा मात्रै फोन सम्पर्क गर्न पाउने तथा ह्वाट्सएपलगायतका माध्यम प्रयोग गर्न नपाउने व्यवस्था रहेको उल्लेख गरेका छन्। यही आधारमा दीपक भट्टले पूर्वप्रधानन्यायाधीश राणालाई फोन सम्पर्क गरेको भन्ने तथ्य असत्य भएको उनको दाबी छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दा...

#फोन
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#भट्ट
Compare →
Ekantipur
1w ago
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ।

#भट्ट
Compare →

Related Stories

Education & Youth
Build #2611