Trending
Prev Story
Next Story

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरका खानामा ५० प्रतिशत छुट

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्वलाई लक्षित गर्दै आफ्ना तीन वटा डाइनिङ आउटलेटका खानामा ५० प्रतिशत छुट दिने भएको छ। होटलले प्रत्येक मंगलबार र बुधबार उपलब्ध गराउने उक्त छुट आगामी नोभेम्बर ३० …

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरका खानामा ५० प्रतिशत छुट

१० कात्तिक, काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्वलाई लक्षित गर्दै आफ्ना तीन वटा डाइनिङ आउटलेटका खानामा ५० प्रतिशत छुट दिने भएको छ।

होटलले प्रत्येक मंगलबार र बुधबार उपलब्ध गराउने उक्त छुट आगामी नोभेम्बर ३० सम्म लागु हुने जनाएको छ।

यो अफर सिट्रस क्याफे, रिपब्लिक अफ नुडल्स र स्लाउन्जमा उपलब्ध हुनेछ। सिट्रसमा भारतीय, नेपाली तथा कन्टिनेन्टल परिकारका साथै रेस्टुरेन्टका विशेष इनहाउस डेजर्टसहितको विविधतापूर्ण मल्टिकुजिन मेनु उपलब्ध छ।

एसियन खानाका पारखीहरूका लागि रिपब्लिक अफ नुडल्सले भियतनाम, थाइल्यान्ड, जापान र चीनजस्ता देशहरूको खानपान परम्पराबाट प्रेरित विभिन्न प्यान एसियन परिकारहरू प्रस्तुत गर्दछ।

होटलको विविध डाइनिङ अनुभवलाई थप समृद्ध बनाउँदै, रूफटप बार स्लाउन्जले काठमाडौं उपत्यकाको मनोरम दृश्यसहित आरामदायी वातावरण प्रदान गर्दछ। यहाँ पाहुनाहरूले विभिन्न ककटेल तथा स्न्याक्सको स्वाद लिँदै रमणीय वातावरणको आनन्द लिन सक्नेछन् ।

बुढानीलकण्ठमा अवस्थित लेमन ट्री प्रिमियरले शहरको भीडभाडबाट केही टाढा रहेर पनि सहज पहुँचसहित खानपानको सुविधा उपलब्ध गराउँदै आएको छ। चाडपर्वका अवसरमा ल्याइएको छुट योजनाले पाहुनालाई गुणस्तरीय खानपानको अनुभव लिन सहज बनाउने होटलको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
अमेरिकामा छुटका अफरले पनि बढेन म्याकडोनाल्ड्सको बिक्री

अमेरिकामा छुटका अफरले पनि बढेन म्याकडोनाल्ड्सको बिक्री

काठमाडौं– विश्व प्रसिद्ध फास्टफुड चेन म्याकडोनाल्ड्सको अमेरिकास्थित बिक्री अपेक्षाभन्दा बढी घटेको छ । आर्थिक दबाबमा रहेका उपभोक्ताले बाहिर खाना खान कम गरेपछि कम्पनीको बिक्रीमा गिरावट आएको हो । कम आ...

#छुट #खाना
Compare →
Bizshala
8h ago
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट उपलब्ध गराउने...

#छुट
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#छुट
Compare →
Nagarik News
1d ago
खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ।

#खाना
Compare →

Related Stories

World News
Build #2612