Trending
Prev Story
Next Story

५ करोडभन्दा बढी पटक हेरियो, ‘मायालाई के दिऊँ म बैना’

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्‍याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’ उनले यो प्रसङ्ग उप्काउनुको …

५ करोडभन्दा बढी पटक हेरियो, ‘मायालाई के दिऊँ म बैना’

अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्‍याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’

उनले यो प्रसङ्ग उप्काउनुको कारण हो, ‘मायालाई के दिऊँ म बैना’ले पाएको सफलता । यो गीतले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि दङ्ग पर्दै स्वस्तिमाले उक्त पोस्ट गरेकी हुन् ।

यो गीत फिल्म ‘लालिबजार’को हो । फिल्म षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो । गीत युट्युबमा सार्वजनिक भएको सात महिना पुग्दै छ ।

खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर, रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै सङ्गीत रहेको गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायतको आकर्षक प्रस्तुति छ । प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतले युट्युबसँगै टिकटक र रिल्समा पनि दर्शकको ध्यान खिचेको छ ।

नेपाली फिल्मका गीतहरूबीच युट्युब भ्युजको प्रतिस्पर्धा बढिरहेका बेला ‘मायालाई के दिऊँ म बैना’ले हासिल गरेको यो सफलताले चलचित्रको डिजिटल पहुँच र गीतको लोकप्रियता दुवैलाई उजागर गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
15h ago
‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो । चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स...

#माया
Compare →
Ekantipur
21h ago
नेपालको मायामा रमाए विदेशी स्टार

नेपालको मायामा रमाए विदेशी स्टार

डेभिड वार्नर हेलिकोप्टर चढेर हिमाल पुगे, सर्वोच्च शिखर सगरमाथा नियाल्दै बिहानको खाजा खाए

#माया
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611