Trending
Prev Story
Next Story

बाढी प्रभावित बिमितलाई सहज रुपमा बिमा भुक्तानी दिन प्राधिकरणको आठबुँदे निर्देशन

Ekantipur •
October 27, 2026 • 11:00 AM
1
1 reads 0 reactions

प्राधिकरणले बाढी प्रभावित बिमितमा हुन गएको विपद्जन्य परिस्थितिलाई मध्यनजर गरी उक्त निर्देशन दिइको हो ।

बाढी प्रभावित बिमितलाई सहज रुपमा बिमा भुक्तानी दिन प्राधिकरणको आठबुँदे निर्देशन

प्राधिकरणले बाढी प्रभावित बिमितमा हुन गएको विपद्जन्य परिस्थितिलाई मध्यनजर गरी उक्त निर्देशन दिइको हो ।

काठमाडौँ — गत १० भदौमा भोटेकोशीमा आएको बाढी प्रभावित बिमितलाई छिटो र सहज रुपमा बिमा भुक्तानी दिन बिमा प्राधिकरणले कम्पनीहरुलाई आठ बुँदे निर्देशन दिएको छ । प्राधिकरणले  बाढी प्रभावित बिमितमा हुन गएको विपद्जन्य परिस्थितिलाई मध्यनजर गरी उक्त निर्देशन दिइको हो ।

जसमा बिमित तथा हकवालाको हितका लागि उक्त कारणबाट जीवन बिमा अन्तर्गत मृत्यु दावी, समर्पण, बिमालेख कर्जा तथा परिपक्क भुक्तानीमा पेश गर्नुपर्ने प्रमाण, कागजात तथा प्रकृयामा सरलता हुने गरी देहाय बमोजिमको सरलीकृत व्यवस्था लागू गर्न प्राधिकरणले भनेको छ ।

१. दाबी सम्बन्धी निवेदनमा खुलाउनुपर्ने विववरणः बिमितको नाम, मृत्यु भएको मिति, मृत्यको कारण, बिमालेख नम्बर तथा दाबीकर्तासँगको नाता ।

२. निवेदनमा संलग्न रहनुपर्ने कागजातः बिमित र दाबीकर्ता बीचको नाता प्रमाण, दाबीकर्ताको परिचय एकिन हुने गरी सरकारी निकायबाट जारी परिचयपत्र (नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारीचालक प्रमाणपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा), बिमालेख वा सो नष्ट भएको भए बीमकमा रहेको अभिलेखलाई आधार लिन सकिने ।

३. उक्त घटनाबाट मृत्यु वा बेपत्ता भएको सम्बन्धमा प्रमाणित गर्ने अधिकार प्राप्त निकाय वा अधिकारीबाट जारी गरिएको बाढी/विपदमा परी मृत्यु भएको बेहोरा खुलाइएको प्रमाणित विवरण सिफारिस पत्र वा मृत्युको न्यायीक घोषणा ।

४. सक्कल बिमालेख उपलब्ध हुन नसकेको अवस्थामा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपी बिमालेखलाई आधार मान्न सकिने ।

५. सम्बन्धित बिमितबाट बिमालेखको प्रतिलिपी माग भै आएमा निःशुल्क प्रतिलिपी जारी गरिदिने ।

६. बिमा कम्पनीबाट बिमा सम्बन्धी कागजात (पोलीसी डकेट) नष्ट भएको भएमा कागजात विवरण प्राप्त गरी अद्यावधिक गरि राख्न सम्बन्धित बिमित तथा अभिकर्ताले बिमकलाई सहयोग गरिदिने ।

७. उक्त कारणबाट बिमाशुल्क वा बिमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्था आएमा ६ महिना सम्मका लागि ब्याज नलाग्ने मोहलत अवधि थप गरिदिने ।

८. बेपत्ता बिमितको हकमा सम्बन्धित हकवालाबाट मृत्युदावी भुक्तानी लिंदा ‘भविष्यमा बिमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानून बमोजिम कारवाही भएमा मञ्जुर रहेको स्वःघोषणा’ प्रतिवद्धता पत्र लिई दावी भुक्तानी गर्ने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्। विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर...

#बाढी #प्रभावित
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#प्रभावित #बाढी
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612