Trending
Prev Story
Next Story

सेयर बजार : जलविद्युत् क्षेत्रमा आकर्षण, बढ्यो कारोबार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंक ०.९४ ले बढेको छ । यो वृद्धिसँगै नेप्से २६३० अंकमा कायम भएको छ । आज १३६ कम्पनीको मूल्य बढ्यो भने १३५ को घट्यो । त्यस्तै ८ …

सेयर बजार : जलविद्युत् क्षेत्रमा आकर्षण, बढ्यो कारोबार

१० कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंक ०.९४ ले बढेको छ । यो वृद्धिसँगै नेप्से २६३० अंकमा कायम भएको छ । आज १३६ कम्पनीको मूल्य बढ्यो भने १३५ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम बढेको छ । हिजो ४ अर्बको कारोबार भएकोमा आज ५ अर्ब ८० करोडको भयो । आज जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.६५ प्रतिशत अर्थात् ५९ अंक बढ्यो । अघिल्लो दिन उत्पादन तथा प्रशोधन क्षेत्रमा आकर्षण देखिएको थियो ।

आज माइक्रोफाइनान्स ०.०१, अन्य ०.०६ प्रतिशत बढे । बैंकिङ ०.३७, विकास बैंक ०.४५, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.५१, लगानी ०.२३, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.५०, निर्जीवन बीमा ०.०६ तथा व्यापार ०.२६ प्रतिशत घटे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको १२.०९, दोर्दीखोलाको ६.७९, सुपरमाइ हाइड्रोपावरको ५.९५, सिर्जनशील लघुवित्तको ५.६८, पिपुल्स हाइड्रोपावरको ४.८९ तथा शिखर पावरको ४.६३ प्रतिशत मूल्य बढ्यो ।

युनिलिभरको मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशत घट्यो । आज मूल्य धेरै घट्नेमा डिबेन्चर अगाडि देखिए ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सानिमा मिडिल तमोर, लिबर्टी इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी तथा अपी पावर अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक
Compare →
Arthasansar
10h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक
Compare →
Ekantipur
10h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#शेयर-बजार #कात्तिक
Compare →

Related Stories

Business & Economy
Build #2611