Trending
Prev Story
Next Story

‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शाहरुखको एक्सन र रोमान्स मिश्रित दमदार अवतार देख्न सकिन्छ । पोस्टरमा शाहरुखको मुखमा गुलाबको फूल छ भने हातमा बन्दुक देखिन्छ । अनुहारमा …

‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शाहरुखको एक्सन र रोमान्स मिश्रित दमदार अवतार देख्न सकिन्छ ।

पोस्टरमा शाहरुखको मुखमा गुलाबको फूल छ भने हातमा बन्दुक देखिन्छ । अनुहारमा चोटका निशानसहित देखिएका उनको यो लुकले फिल्ममा एक्सनसँगै प्रेमको पाटो पनि रहेको सङ्केत गर्छ ।

पोस्टर सार्वजनिक गर्दै शाहरुखले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज फेरि याद आयो… कातिल होइन, आशिक हुँ ।’ उनको यो संवादले सन् १९९९ मा प्रदर्शन भएको फिल्म ‘बादशाह’को चर्चित गीतको सम्झना गराउँछ ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’मा शाहरुखसँगै सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, अनिल कपुरलगायत कलाकारको अभिनय छ ।

फिल्म सन् २०२६ डिसेम्बर २४ मा विश्वभरका सिनेमा घरमा प्रदर्शन हुने तय भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
13h ago
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ - गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा...

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611