Trending
Prev Story
Next Story

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, बेइजिङ (रासस/एपी) । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र …

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

१० कात्तिक, बेइजिङ (रासस/एपी) । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ ।

हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ ।

हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्। बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ । यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो ।

बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उनी दोस्रो स्थानमा झरेका छन्। विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्। एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहेका छन्।

एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ । चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन् ।

सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन् । घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ ।

चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो । चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
एआई, रोबोटिक्स र सेमिकन्डक्टरमा चीनको छलाङ

एआई, रोबोटिक्स र सेमिकन्डक्टरमा चीनको छलाङ

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, सेमिकन्डक्टर, विद्युतीय सवारीसाधन र उच्च प्रविधिमा आधारित उत्पादनमा चीनले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ। विश्व प्रविधि बजारमा अमेरिकी त...

#एआई #चीन
Compare →
Ekantipur
3h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#चीन
Compare →
Nagarik News
4h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →

Related Stories

World News
Build #2611