काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, सेमिकन्डक्टर, विद्युतीय सवारीसाधन र उच्च प्रविधिमा आधारित उत्पादनमा चीनले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ। विश्व प्रविधि बजारमा अमेरिकी तथा युरोपेली कम्पनीको बलियो उपस्थिति रहँदै आएको अवस्थामा चिनिँया पक्षले अनुसन्धान, प्रविधि विकास, औद्योगिक उत्पादन र व्यावसायिक प्रयोगलाई एकसाथ अघि बढाएर आफ्नो प्रभाव विस्तार गरिरहेको पाइन्छ।
चीनको प्रगति नयाँ प्रविधिको आविष्कारमा मात्र सीमित छैन। विकसित प्रविधिलाई उद्योग, स्वास्थ्य सेवा, यातायात, वित्तीय सेवा र दैनिक जीवनमा उपयोग गर्ने क्षमताले उसको प्रतिस्पर्धात्मक आधार फराकिलो बनाएको छ। विशाल घरेलु बजार, सरकारी नीतिगत प्राथमिकता, अनुसन्धानमा बढ्दो लगानी, दक्ष जनशक्ति र स्थापित उत्पादन पूर्वाधार यसका प्रमुख आधार हुन्।
Read full story at source ( aarthiknews.com )