Trending
Prev Story
Next Story

‘अर्नब’ आँधीका कारण श्रीलंकाका सबै विद्यालय बन्द

Nagarik News •
October 27, 2026 • 08:33 AM
1
1 reads 0 reactions

श्रीलंकामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

‘अर्नब’ आँधीका कारण श्रीलंकाका सबै विद्यालय बन्द

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलंकामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयले मंगलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ।

यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ।

आँधीको अप्रत्यक्ष प्रभावका कारण पछिल्ला दिनमा श्रीलंकाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ।

वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ। सिन्ह्वा

प्रकाशित: १० कार्तिक २०८३ १४:१८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

काठमाडौं- भाइटीकाको उल्लासमय वातावरणबीच बुधवार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ । दिउँसो अचानक परेको वर्षा र असिनाका कारण भाइटीका लगाउने तथा आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने तया...

#भारी #वर्षा
Compare →
Ekantipur
5d ago
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा

#भारी #वर्षा
Compare →
Arthasansar
11h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#श्रीलंका
Compare →
Onlinekhabar
3d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2611