Trending
Prev Story
Next Story

‘क्यान्डिडेट क्लब’ बाट स्थानीय निर्वाचनमा रास्वपाको उम्मेदवार

Nagarik News •
October 27, 2026 • 08:16 AM
1
1 reads 0 reactions

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ।

‘क्यान्डिडेट क्लब’ बाट स्थानीय निर्वाचनमा रास्वपाको उम्मेदवार

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचनको मुखमा मात्रै उम्मेदवार छनोट गर्ने परम्परागत अभ्यासभन्दा फरक रहेर रास्वपाले निर्वाचनभन्दा निकै अगाडिदेखि नै आकाङ्क्षीको खोजी, परीक्षण र प्रशिक्षण प्रक्रिया अघि बढाएको हो।

पार्टीले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको पहिचान र तयारीलाई व्यवस्थित बनाउन खोजेको छ। उम्मेदवार छनोटलाई पारदर्शी, व्यवस्थित र सहभागितामूलक बनाउने उद्देश्यसहित रास्वपाले आन्तरिक गृहकार्य अघि बढाएको हो।

यसैक्रममा विराटनगर महानगर समितिले सोमबार स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ। विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा महानगरका १९ वटै वडाका सभापतिसहित नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता, सांसद तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता थियो।

परम्परागत राजनीतिक दलहरूमा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार छनोट गर्ने र शीर्ष नेताको निर्णयका आधारमा टिकट वितरण गर्ने प्रवृत्ति रहँदै आएको छ। यस्तो अभ्यासभन्दा फरक ढंगले रास्वपाले समयमै आकाङ्क्षी पहिचान गरी उनीहरूको क्षमता परीक्षण तथा प्रशिक्षणमा जोड दिएको हो।

प्रकाशित: १० कार्तिक २०८३ १४:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
रास्वपामा क्यान्डिडेट क्लब : प्रमुख पदमा आकर्षण, अन्य पदमा छैन उत्साह

रास्वपामा क्यान्डिडेट क्लब : प्रमुख पदमा आकर्षण, अन्य पदमा छैन उत्साह

काठमाडौँ । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तह निर्वाचनमा सबैको ध्यान पालिका प्रमुखमा मात्र गएकोप्रति तीव्र असन्तुष्टि पोखे । गृह जिल्ला चितवन...

#रास्वपा #क्यान्डिडेट #क्लब
Compare →
Ekantipur
3h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#रास्वपा
Compare →
Onlinekhabar
11h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611