Trending
Prev Story
Next Story

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ । मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण …

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक

१० कात्तिक, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ ।

मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए ।

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रूपमा परिचित छ । त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रूपमा समेत परिचित छ । यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ ।

गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए ।

‘बर्सातका बेला निकुञ्ज प्रवेश बन्द थियो । असोजको अन्तिम साता मात्रै खुला गरिएको हो,’ चौधरीले भने, ‘चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ ।’

निकुञ्ज खुला भएयता सोमबारसम्म यहाँ ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य मुलुकका पर्यटकले अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए ।

आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश शुल्क प्रतिव्यक्ति १००, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ७५० र सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकलाई प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ शुल्क लिइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

‘काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहनुभएका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्,’ चौधरीले भने, ‘निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि पनि प्रयास भइरहेकै छन् ।’

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले कञ्चनपुरका पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड रहेको बताए ।

‘शुक्लाफाँटा, महाकालीस्थित चार लेनको पक्की भाइरल पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटकको आवागमन वृद्धि भएको छ,’ उनले भने, ‘अहिले पश्चिमी नाका गड्डाचौकी भएर भारतको नैनीताल र कैची धाम घुम्ने जाने नेपालीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।’

उनले पर्यटकीयस्थलमा आउने पर्यटकको यातायात, आवास र सुरक्षालगायतका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।

#निकुञ्ज #शुक्लाफाँटा #६००
Compare →
Hamro Patro News
3d ago
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

पोखरा- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकीययाम सुरु भएपछि सङ्ग्रहालयमा विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्राहलयका कार्यकारी निर्...

#पर्यटक #अवलोकन
Compare →
Arthasansar
15h ago
नेशनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो

नेशनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो

नेसनल लाइफको बीमा व्यवसायमा २९ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १ खर्ब ८ अर्ब नाघ्यो नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक...

#वृद्धि
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611