Trending
Prev Story
Next Story

१० अर्वको आन्तरिक ऋण उठाउदै सरकार

Arthasansar •
October 27, 2026 • 05:02 AM
1
1 reads 0 reactions

सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि ६ वर्ष रहेको...

१० अर्वको आन्तरिक ऋण उठाउदै सरकार

सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि ६ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले कार्तिक ११ गते  बुधबार अपरान्ह ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । कार्तिक ११ गते बोलकबाले हुने उक्त ऋणपत्र कार्तिक १२ गते बुधबार निष्कासन हुनेछ । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।

ऋणपत्रको सावाँ भुक्तानी २०८९ कार्तिक १२ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी बोल प्राप्त भएमा बोलवालालाई समानुपातिक रूपमा ऋणपत्र बाँडफाँट गरिनेछ।

ऋणपत्रमा न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम कुल निष्कासित रकमको सीमाभित्र नबढाई ५ लाखले भाग गर्दा निशेषमा भाग जाने अंकमा मात्र बोलकबोल पेस गर्नुपर्नेछ। ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन्। राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले भने अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन्।

बोलदाताहरूले क्रमशः निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात् रु ८ अर्ब ५० करोड र रु १ अर्ब ५० करोड छुट्याइएको। अप्रतिस्पर्धी बोलदाताहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदाताहरूलाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलदाताहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदाताहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जनाइएको छ ।

बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्म कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
यो साता यी राशिहरूका लागि लाभको संकेत

यो साता यी राशिहरूका लागि लाभको संकेत

कार्तिक २२ गते आइतबारदेखि २८ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले उत्साह र उमङ्गले समय व्यातित हुनेछ । लामो समयदेखि टाढिएका आफन्त तथा परिवारक...

#कार्तिक #गते
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#आन्तरिक
Compare →

Related Stories

Business & Economy
Build #2611