Trending
Prev Story
Next Story

चक्रवात ‘अर्णव’ को प्रभाव: आगामी बिहीबारदेखि नेपालका विभिन्न भूभागमा भारी वर्षा र हिमपातको सम्भावना

Arthasansar •
October 27, 2026 • 05:02 AM
1
1 reads 0 reactions

बङ्गालको खाडीमा विकसित भएको ‘अर्णव’ नामक चक्रवात थप शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ। जल तथा मौसम...

चक्रवात ‘अर्णव’ को प्रभाव: आगामी बिहीबारदेखि नेपालका विभिन्न भूभागमा भारी वर्षा र हिमपातको सम्भावना

बङ्गालको खाडीमा विकसित भएको ‘अर्णव’ नामक चक्रवात थप शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै यस प्रणालीको प्रभाव नेपालमा पनि पर्ने र आगामी बिहीबार (कात्तिक १२ गते) देखि शनिबार (कात्तिक १४ गते) सम्म मौसममा व्यापक फेरबदल हुने चेतावनी दिएको छ।

महाशाखाका असार कार्तिक १२ गते बिहीबारबाट सुरु हुने यस मौसमी प्रणालीको प्रभाव विशेष गरी शुक्रबार र शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना रहेको छ। शुक्रबार र शनिबार (कात्तिक १३ र १४ गते): कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको आकलन गरिएको छ।

अचानक आउने यो मौसमी विपद्ले भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने महाशाखाले जनाएको छ। तसर्थ, धान काट्ने तथा भित्र्याउने लगायतका महत्त्वपूर्ण कृषि कार्यहरू बिहीबार अगावै सम्पन्न गर्न किसानहरूलाई आग्रह गरिएको छ।

त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा पहिरो जान सक्ने जोखिम उच्च रहेको छ। यस अवस्थालाई मध्यनजर गर्दै पर्यटकहरूलाई उच्च हिमाली भूभागमा नजान तथा गएको भए पनि सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। बाढी, पहिरो, सडक अवरोध र हवाई यातायातसमेत प्रभावित हुन सक्ने हुनाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई पूर्वतयारी अपनाउन र उच्च सतर्कतामा बस्न विभागले विशेष अपिल गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
8h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #वर्षा #हिमपात
Compare →
Onlinekhabar
20h ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#मौसम #वर्षा #हिमपात
Compare →
Hamro Patro News
21h ago
पश्चिमी वायुको आंशिक प्रभाव : एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागको मौसम मुख्यत...

#मौसम #वर्षा #हिमपात
Compare →
Ekantipur
13h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #हिमपात #सम्भावना
Compare →
Nagarik News
1d ago
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

#वर्षा #सम्भावना
Compare →

Related Stories

National (Nepal)
Build #2611