Trending
Prev Story
Next Story

बहुविवाह मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, स्याङ्जा । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तान र जरिबाना असुल गर्न उनलाई …

बहुविवाह मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

१० कात्तिक, स्याङ्जा । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तान र जरिबाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गुरुङलाई ७ कात्तिकमा फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई ९ कात्तिकमा आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशपछि कैद भुक्तान र जरिवाना असुल गर्न कारागार कार्यालय स्याङ्जा पठाइएको डिएसपी अवस्थीले जानकारी दिए ।

स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते बहुविवाह मुद्दामा गुरुङलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि उच्च अदालत पोखराले ९ मंसिर २०७६ सालमा जिल्लाको फैसला सदर गरेको थियो ।

मुद्दाको अनुसन्धानका क्रममा गुरुङ ६-२६ साउन २०७५ सालसम्म प्रहरी हिरासतमा बसेका थिए । उक्त अवधि कूल कैदबाट कट्टा गर्दा उनले ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालतको अभिलेखमा उल्लेख छ । साथै, पाँच हजार रुपैयाँ जरिबानासमेत असुल गर्नुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

सुनसरीमा जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-६ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बस्दै...

#फरार #वर्षपछि
Compare →
Nagarik News
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

#फरार
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#फरार
Compare →

Related Stories

National (Nepal)
Build #2611