Trending
Prev Story
Next Story

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, लमजुङ । यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच …

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक

१० कात्तिक, लमजुङ । यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार यस वर्ष गत वर्षका तुलनामा दुई हजार ६२७ पर्यटक बढी आएका छन् ।

उनका अनुसार यस वर्ष पर्यटक आगमन बढ्नुको प्रमुख कारणमध्ये मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले पुर्‍¥याएको क्षति पनि एक हो । मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन भावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका उनले बताए । यस वर्ष मौसम अनुकूल रहनु र पछिल्लो समय मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । त्यस्तै, सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन् । जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटक आएका छन् ।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।

#पर्यटक #पदमार्ग #अन्नपूर्ण
Compare →
Hamro Patro News
1w ago
अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्यटक सूचना केन्द्र स्थापना

अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्यटक सूचना केन्द्र स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने आरोही तथा पदयात्रीलाई लक्षित गरी पर्यटक सूचना केन्द्र तथा चेकपो...

#पर्यटक #अन्नपूर्ण #पदमार्ग
Compare →
Ekantipur
1d ago
लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले तिहारका अवसरमा स्थानीयसँगै नाचगान गर्दै नेपाली संस्कृति, परम्परा र चाडपर्वको अनुभव लिए।

#पर्यटक #अन्नपूर्ण
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#पर्यटक #पदमार्ग
Compare →

Related Stories

Technology
Build #2611