आज सम्बन्ध, सन्तुलन र सौन्दर्यसँग जोडिएका पक्षहरू तपाईंका लागि अनुकूल रहनेछन् । लामो समयदेखि रोकिएका काम पुनः अघि बढ्ने सम्भावना छ । खर्च बढे पनि आम्दानीले त्यसलाई धान्न सक्ने भएकाले आर्थिक पक्षमा ठूलो समस्या देखिँदैन । भौतिक सुख–सुविधाका नयाँ सामग्री खरिद गर्ने अवसरसमेत जुट्न सक्छ । आफ्नो आवश्यकतालाई प्राथमिकता दिई विवेकपूर्ण खर्च गर्न सके दिन अझ फलदायी बन्नेछ ।
मिथुन राशिका जातकका लागि अनावश्यक झन्झट तथा सास्ती बेहोर्नुपर्ने अवस्था आउला । सेयर बजारले अपेक्षित साथ नदिन सक्छ । अरूको आग्रहलाई अस्वीकार गर्न नसक्दा दुःख पाउनुका साथै अनावश्यक खर्चसमेत बढ्नसक्छ । महिनाको अन्त्यतिर आफ्नो क्षमता र कार्यकुशलता देखाएर अरूको मन जित्न सकिनेछ । सद्विचार र सकारात्मक सोचका साथ अघि बढ्नेहरूलाई क्रमशः लाभ मिल्दै जानेछ । कुनै शुभकार्य वा यात्रा गर्नुअघि हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
-ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल
राशिफल भाग्य हेर्ने मात्र होइन , दिशा बनाउने हो । जो अनुशासित, साहसी र स्पष्ट छ- असोज उसकै हुन्छ । आफ्नो इमानदारिता , मेहनेत, कर्तव्य र सत्कर्म गर्नाले पनि आउने दिनहरू अवश्य राम्रा हुनेछन् । यस्तै अन्य जानकारीको लागि ओके धर्मसंस्कार हेर्दै गर्नुहोला धन्यवाद ।
२०८२ सालमा मिथुन राशि हुने जातकहरूका लागि त्यति राम्रो नरहला । शनि, राहु र बृहस्पतिको नकारात्मकताले वर्ष भरिनै संघर्षमय हुनेछ । सन्तान टाढिनाले मन दुखि रहन सक्छ । प्रसाशनिक भय र मालसामान हराउन सक्छ ।
विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ, तर भाद्रबाट भने धार्मिक यात्रा र मङ्गल कार्यको योग रहनेछ । यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु मध्यम नै रहने छ । प्रविधि, शैक्षिक क्षेत्र, खानेकुरा र शेयर कारोबार राम्रो रहने छैन । घर जग्गामा लागेकाहरूलाई भने त्यति राम्रो नरहला ।
आर्थिक दृष्टिले वैशाख, असोज र चैत्र महिना बलियो रहनेछ भने जेठ, कार्तिक र पुष महिना कमजोर रहनेछ । यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् । वैशाख र साउन महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ, घरपरिवारसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।
यो वर्ष अध्ययन र अध्यापनको लागि मध्यम रहेको छ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ ।
वैदेशिक रोजगार र भने कमजोर हुनेछ । स्वास्थ्य सामान्य नै रहनेछ । घरपरिवारको औषध उपचारमाखर्च हुनसक्छ । नसा तथा हड्डीको समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।
गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । सोमबार शिवजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।