काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुँदा दोस्रो खेलमा दिउँसो ४ः३० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। अघिल्लो संस्करणको नतिजा र हालको समीकरणले आजका दुवै खेललाई थप रोचक बनाउने देखिएको छ।
आजको पहिलो खेलमा भिड्न लागेका विराटनगर र चितवनबीच गत संस्करणमा भएको लिग चरणको भेटमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गर्दै चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १७४ रन बनाएको थियो भने जवाफमा विराटनगर १६.५ ओभरमा १२६ रनमै समेटिएको थियो। अघिल्लो संस्करणमा विराटनगरले सात खेलमा पाँच जित र दुई हारसहित १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो भने चितवन सात खेलबाट दुई जित र पाँच हारसहित चार अंक जोडेर सातौँ स्थानमा सीमित भएको थियो। यसपटक विराटनगर गत संस्करणको हारको बदला लिने लक्ष्यमा हुनेछ भने चितवन आफ्नो पुरानै सफलता दोहोर्याउन चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )