Trending
Prev Story
Next Story

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड

Hamro Patro News •
October 27, 2026 • 02:40 AM
1
1 reads 0 reactions

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड हात पारेका छन्। सन् २००१ मा माइकल ओवेनले यो उपाधि जितेयता पहिल...

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड हात पारेका छन्। सन् २००१ मा माइकल ओवेनले यो उपाधि जितेयता पहिलोपटक केनले यो अवार्ड प्राप्त गरेका हुन् । लन्डनमा आयोजित विशेष समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केनले रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पे र बार्सिलोनाका स्पेनी युवा खेलाडी लामिन यामाललाई पछि पार्दै उक्त सफलता हासिल गरेका हुन्।

केनले सन् २०२५–२६ को सिजनमा बायर्न म्युनिखका लागि सबै प्रतियोगितामा गरी ५१ खेल खेल्दै ६१ गोलको कीर्तिमान बनाएका थिए। इंग्ल्यान्डको राष्ट्रिय टोलीसहित उनले गत सिजन कुल ६५ खेलमा ७३ गोल गर्नुका साथै आठवटा असिस्ट समेत प्रदान गरेका थिए। बायर्नबाट बुन्डेसलिगामा ३६ गोलसहित सर्वाधिक गोलकर्ता बनेका उनले च्याम्पियन्स लिगमा १४ र जर्मन कपमा १० गोल गरेका थिए। जर्मन कपको फाइनलमा स्टुटगार्टविरुद्ध ह्याट्रिक गर्दै उनले टोलीलाई ३–० को जित दिलाएका थिए भने सुपर कपमा पनि एक गोल गरेका थिए। विश्वकप र च्याम्पियन्स लिगको उपाधि जित्न नसके पनि सेमिफाइनलसम्मको यात्रा र उनको असाधारण व्यक्तिगत प्रदर्शन नै बालोन डी’ओर जित्नका लागि निर्णायक बन्यो। यसअघि शीर्ष १० मा पर्नु नै केनको उत्कृष्ट उपलब्धि रहेकोमा यसपटक उनले सीधा उपाधि नै आफ्नो नाममा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड

सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड

२२ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको असर झन् भयावह बन्दै गएको छ । सन् २०२६ को अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा गर्म अक्टोबर महिनाका रूपमा रेकर्ड भएको छ । यस अवधिमा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको …

#सन् #२०२६
Compare →
Ekantipur
4d ago
इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

संयुक्त राष्ट्रसंघको प्रतिवेदनले सन् १८५० यताका १२ वटा सबैभन्दा तातो वर्षहरू पछिल्ला १२ वर्षभित्रै (२०१५-२०२६) परेको उल्लेख गरेको छ

#सन् #२०२६
Compare →
Bizshala
11h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड
Compare →

Related Stories

Technology
Build #2612