Trending
Prev Story
Next Story

लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा

Ekantipur •
October 27, 2026 • 02:00 AM
1
1 reads 0 reactions

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो ।

लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो ।

भैरहवा — लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएको आरोपमा प्रहरीले लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका अनुसार सोमबार राति साढे १० बजे मन्त्रीको तस्बिरमा आगो लगाएर विरोध गर्ने क्रममा महाअभियानका अध्यक्ष लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का बासिन्दा अक्रम खान र लुम्बिनी सांस्कृतिक नगरपालिका–९, पिपराका वाजिउद्दिन मुसलमानलाई नियन्त्रणमा लिइएको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले मन्त्रीको फोटो जलाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार सोमबार साँझ ५ बजे पनि महाअभियानले लुम्बिनीको पर्सा चोकमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन गरेको थियो । उक्त विरोध कार्यक्रममा पनि मन्त्री पौडेलको तस्बिर जलाइएको जानकारीका आधारमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

महाअभियानका सहसंयोजक राम विकास चौधरीले उपाध्यक्ष नियुक्तिको विरोध दबाउन पक्राउ सुरु गरिएको जनाउँदै अध्यक्ष खानलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...

#नियन्त्रण
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2612