Trending
Prev Story
Next Story

विदेश पठाउन लागिएको कार्टुन खोल्दा यस्तो सामान भेटियो

Nagarik News •
October 27, 2026 • 12:34 AM
1
1 reads 0 reactions

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।

विदेश पठाउन लागिएको कार्टुन खोल्दा यस्तो सामान भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा जडान गरिएको एक्सरे मेसिनबाट कार्गो सामान स्क्रिनिङ गर्ने क्रममा शंकास्पद अवस्थामा उक्त परिमाणको चुरोट फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार स्काइकिङ लजिस्टिक प्रालिमार्फत विदेश पठाउन लागिएको एक कार्टुन सामान एक्सरे मेसिनबाट जाँच गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिई थप परीक्षण गरिएको थियो।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले शंकास्पद कार्टुन खोलेर जाँच गर्दा आवश्यक कानुनी कागजपत्र पूरा नगरी विदेश पठाउन लागिएको ‘सूर्य लक्जरी किङ’ लेखिएको चुरोट फेला परेको बताए।

उनका अनुसार उक्त कार्टुनभित्र १०० बन्डल अर्थात् एक हजार प्याकेट चुरोट फेला परेको हो। ‘अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्समा एक्सरे मेसिनमार्फत सामान जाँच गर्ने क्रममा एक कार्टुन शंकास्पद देखिएको थियो। उक्त कार्टुन खोलेर परीक्षण गर्दा आवश्यक कागजपत्रबिना विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद भएको हो’, प्रवक्ता सिलवालले भने।

बरामद गरिएको चुरोट आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा थप अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौंमा बुझाइएको उनले बताए।

प्रकाशित: १० कार्तिक २०८३ ०६:१९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीमाझ जर्मनीको आकर्षण तीव्र गतिमा बढिरहेको छ । विश्वका प्रमुख अंग्रेजीभाषी देशहरूमा विदेशी विद्यार्थीको संख्या घटिरहेका बेला जर्मनीमा ...

#विदेश
Compare →

Related Stories

World News
Build #2611