Trending
Prev Story
Next Story

बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग

Nagarik News •
October 27, 2026 • 12:48 AM
1
1 reads 0 reactions

बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग

बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

नेपालले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरी एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले आफ्नी छोरी सुष्मा नेपालले ‘गोफन्डमी’ अभियानमार्फत ४२ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको जानकारी पनि दिए। उक्त रकम बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितहरूको सहयोगमा खर्च गरिएको उनले बताए।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले चालु आर्थिक वर्षभित्रै गैरआवासीय नेपाली (एनआरएन) नागरिकता कार्यान्वयनमा ल्याउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकार सक्रिय रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा सोमबार परराष्ट्र मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यस्तो बताएका हुन्।

मन्त्री खनालले एनआरएन नागरिकता कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार पार्ने काम भइरहेको जानकारी दिँदै जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नुपरेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे।

उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछि गैरआवासीय नेपाली समुदायले देखाएको सद्भाव, सहयोग र मानवीय सेवाको प्रशंसा गर्दै विपद्का बेला प्राप्त सहयोगले प्रभावित नागरिकलाई राहत पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

भेटका क्रममा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किटसमेत हस्तान्तरण गरेका थिए।

उक्त किट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

लण्डनस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशक नेपालले कठिन परिस्थितिमा नेपाल सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीहरूले देखाएको परोपकारी भावना र मानवीय सहयोगको प्रशंसा गरिन्। विपद्का बेला नेपाललाई विश्वभर छरिएर रहेका नेपालीहरूको सहयोग आवश्यक रहेको उनले बताइन्।

प्रकाशित: १० कार्तिक २०८३ ०६:३३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #प्रभावित #बाढी
Compare →
Hamro Patro News
1d ago
रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

• अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई राहत कोषमा हस्तान्तरण गरिएको छ। • रिच फर नेपाल फाउन्डेसनले २०१५ देखि नेपालमा मानवीय सहायता र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको…

#बाढी-पहिरो #नेपालद्वारा #बाढी
Compare →
Ekantipur
6d ago
भोटेकोशी बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग

फाउन्डेसनका सञ्चालक पेम्बा तेञ्जिङ शेर्पाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाउँदै चेक नमुना गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

#बाढी-पहिरो #बाढी
Compare →
Bizshala
1w ago
काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ठमेलमा सीमित २४ घण्टे सञ्चालनको अभ्यासलाई काठमाण्डौभर विस्तार गर्ने...

#व्यवसायी
Compare →

Related Stories

National (Nepal)
Build #2611