Trending
Prev Story
Next Story

यूटीआरमा अभिषेकको लगातार दोस्रो जित

Ekantipur •
October 26, 2026 • 04:00 PM
1
1 reads 0 reactions

समूह ‘बी’ मा रहेका अभिषेकले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् ।

यूटीआरमा अभिषेकको लगातार दोस्रो जित

समूह ‘बी’ मा रहेका अभिषेकले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् ।

काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा भइरहेको यूटीआर प्रो टेनिस टुर (पीटीटी) मा लगातार जित पाएका छन् ।

समूह ‘बी’ मा रहेका अभिषेकले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् ।

अघिल्लो दिन उनले भारतका वंश बिस्टाविरुद्ध सोझो सेटमा जित पाएका थिए । उनले ६–१, ६–१ को जित पाएका हुन् ।

यो वर्ष अभिषेकको यो पीटीटीमा पाँचौं सहभागिता हो । गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेकको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ ।

यो प्रतियोगिता विजेताले ३ हजार ६ सय डलर पुरस्कार पाउनेछन् । दोस्रोले २ हजार ७५ डलर पुरस्कार पाउँदा सेमिफाइनलिस्टले २३ सय २५ डलर पाउने छन् । २० औं स्थानसम्मका खेलाडीले पुरस्कार पाउनेछन् ।

व्यावसायिक टेनिसका लागि अभिषेकले आफ्नै प्रयासमा प्रतियोगिताहरूमा सहभागिता जनाइरहेका छन् ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612