Trending
Prev Story
Next Story

राजेश हमालले अर्थमन्त्री वाग्लेलाई भने, ‘परराष्ट्र नीतिमा व्यक्तिगत स्वेच्छा चल्दैन’

Arthasansar •
October 26, 2026 • 03:32 PM
1
1 reads 0 reactions

अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेपाल–भारत सम्बन्धसम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। सार्वजनिक विषयमा कमै प्रतिक्रिया दिने हमालले यसपटक...

राजेश हमालले अर्थमन्त्री वाग्लेलाई भने, ‘परराष्ट्र नीतिमा व्यक्तिगत स्वेच्छा चल्दैन’

अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेपाल–भारत सम्बन्धसम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। सार्वजनिक विषयमा कमै प्रतिक्रिया दिने हमालले यसपटक नेपालको परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको विषय उठाउँदै मन्त्रीहरूले अभिव्यक्ति दिँदा कूटनीतिक मर्यादा र राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताएका छन्।

हमालले सोमबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई प्रभावित पार्न सक्ने टिप्पणी गरेका छन्। उनले कुनै पनि पदाधिकारीले व्यक्तिगत धारणा वा राजनीतिक स्वार्थका कारण नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिन नहुने बताएका छन्।

उनले लेखेका छन्, ‘अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ। उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ।’

हमालले यस्तो व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमा कमजोर पार्नुका साथै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको समेत अवमूल्यन गर्ने बताएका छन्। उनका अनुसार दुवै देशले लामो समयदेखि उच्च महत्त्व दिँदै आएको सम्बन्धलाई व्यक्तिगत सम्मान प्रदर्शन वा चाकरीपूर्ण अभिव्यक्तिमा सीमित गर्नु उचित हुँदैन।

नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटता, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउने प्रयासलाई स्वागत गर्नुपर्ने धारणा राखेका छन्। तर त्यसका लागि नेपालको राष्ट्रिय हित, स्वाभिमान र कूटनीतिक सन्तुलनमा सम्झौता गर्न नहुने उनको भनाइ छ।

उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनु आवश्यक भए पनि त्यस क्रममा नेपालको आफ्नै ऐतिहासिक अनुभव, समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई बेवास्ता गर्न नहुने बताएका छन्। सरकारले आफ्नो धारणा स्पष्ट र निरन्तर रूपमा स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत राख्नुपर्नेमा उनले जोड दिएका छन्।

हमालले छिमेकी राष्ट्रसँगको मित्रता र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा एकअर्काका विरोधी उद्देश्य नभएको पनि बताएका छन्। नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचान र राष्ट्रिय हितप्रति स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने उनको धारणा छ।

अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका थिए। सोही अभिव्यक्तिको सन्दर्भमा हमालले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

राजेश हमालका पिता चुडाबहादुर हमाल कूटनीतिज्ञ थिए। उनले परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदा भारत, तत्कालीन सोभियत संघ र थाइल्यान्डस्थित नेपाली कूटनीतिक नियोगमा काम गरेका थिए। उनी पाकिस्तानका लागि नेपाली राजदूतसमेत भएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
19h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Politics & Governance
Build #2611