Trending
Prev Story
Next Story

सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’

Ekantipur •
October 26, 2026 • 02:30 PM
1
1 reads 0 reactions

पोस्ट म्याच कन्फ्रेन्समा उल–हकले भने, ‘प्रतियोगिताकै पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्छ । आज हाम्रो प्रदर्शन वास्तवमै फिक्का रह्यो । यसलाई खराब सुरुआत मान्नैपर्छ । हाम्रा ब्याटरले राम्रो सट खेलेनन् । अब भविष्यमा राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’

सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’

पोस्ट म्याच कन्फ्रेन्समा उल–हकले भने, ‘प्रतियोगिताकै पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्छ । आज हाम्रो प्रदर्शन वास्तवमै फिक्का रह्यो । यसलाई खराब सुरुआत मान्नैपर्छ । हाम्रा ब्याटरले राम्रो सट खेलेनन् । अब भविष्यमा राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’

काठमाडौँ — सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबह उल–हकले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको पहिलो खेलमा आफ्नो टिमको प्रदर्शन निकै फितलो रहेको स्विकारेका छन् । पाकिस्तानी क्रिकेटका लिजेन्ड उल–हकले अबका खेलमा आफ्नो टिमको प्रदर्शन अनुशासित हुनुपर्ने माने ।

प्रतियोगिताको सोमबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सको हातबाट सजिलै सात विकेटले पराजित भएको थियो । दुई पल्टको उप–विजेता सुदूरपश्चिम गत सिजनको फाइनलमा लुम्बिनीसँग नै पराजित भएको थियो ।

पोस्ट म्याच कन्फ्रेन्समा उल–हकले भने, ‘प्रतियोगिताकै पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्छ । आज हाम्रो प्रदर्शन वास्तवमै फिक्का रह्यो । यसलाई खराब सुरुआत मान्नैपर्छ । हाम्रा ब्याटरले राम्रो सट खेलेनन् । अब भविष्यमा राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’

उनले पिच केही सुस्त रहेको हुनाले यस्तोमा साझेदारी आवश्यक हुने, तर आफ्ना खेलाडीले त्यसै अनुसारको प्रदर्शन गर्न नसकेको बताए । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रन मात्र बनाएर अलआउट भएको थियो र यसक्रममा उसले नियमित अन्तरमा विकेट गुमाएको थियो ।

विजयी टिमका खेलाडी किशोर महतोले यो जितलाई स्वपनिल सुरुआत भएको माने । उनले भने, ‘आज पिचको व्यवहार केही सुस्त थियो । तर हामीले राम्रो गर्न सक्यौ भने हुन्छ । यसलाई हामीले आफूले चिताएको खेल जस्तै भन्न मिल्छ । यो राम्रो सुरुआत हो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमा

पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको २४ औं खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमाा परेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स...

#सुदूरपश्चिम #रोयल्स #ब्याटिङ
Compare →
Nagarik News
9h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#सुदूरपश्चिम #रोयल्स
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#सुदूरपश्चिम #ब्याटिङ
Compare →
Onlinekhabar
13h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#सुदूरपश्चिम #ब्याटिङ
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611