ओस्लो । नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ । कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरावलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको हो ।
हाल कोषले एयरबस, बोइङ र लकहिड मार्टिनसहित आणविक हतियार वा तिनका पाटपुर्जा उत्पादन गर्ने १४ कम्पनीमा लगानी गर्न रोक लगाएको छ । गाजाको युद्धमा भूमिका रहेको आरोप लागेका समूहसँग सम्बन्धित कम्पनीमा लगानी गरेको भन्दै आलोचना भएपछि सरकारले कोषको नैतिक निर्देशिका पुनरावलोकन गर्न आदेश दिएको थियो ।
Read full story at source ( kendrabindu.com )