Trending
Prev Story
Next Story

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

Nagarik News •
November 09, 2026 • 03:06 PM
1
1 reads 0 reactions

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

देशमा विध्वंस मच्चाउने र लुटपाट गर्ने गलत संस्कार मौलाएको भन्दै ओलीले भने, ‘नेपाली जाति आज विश्वभर कति बदनाम भयो हेर्नुस् त ! २१ वटा भाटभटेनी लुटिए, आगो लगाइए। नेपालीहरूलाई लाज हुनुपर्दैन अर्काको सम्पत्ति लुटेर काँधमा बोकेर गुडुडुडु कुदेर भाग्न ? छ्या छ्या छ्या, ती नेपालीका नामका कलंक हुन्।’

नागरिकलाई राष्ट्रिय सम्पत्ति जलाउन र झुट बोल्न सिकाइएको आरोप लगाउँदै उनले सांस्कृतिक भावना कमजोर हुँदा समाज गलत बाटोमा गएको बताए।

‘आगो लगाउन र राष्ट्रिय सम्पत्ति जलाउन ट्रेनिङ दिइयो,’ ओलीले थपे, ‘राम्रो घर देख्नै नहुने, आगो लगाइदिने र अर्काको सम्पत्ति लुट्नेतिर मान्छे किन गयो ? किनभने हाम्रो सांस्कृतिक भावना कमजोर भयो।’

विकास भएका संरचना भत्काउने र झुटको खेती गर्ने विकृत प्रचलन समाजमा जबर्जस्त स्थापित गर्न खोजिएको ओलीको दाबी थियो। मानिसहरूलाई सत्य र सिर्जनाको साटो विध्वंस गर्न तालिम दिएर उचालिएको उनले बताए।

चाडपर्वको शुभकामना साटासाट गर्ने दिन भएकाले आफूले धेरै अप्रिय कुरा नगर्ने भन्दै अध्यक्ष ओलीले उपस्थित सबैलाई तिहार, नयाँ वर्ष नेपाल संवत् र छठ पर्वको शुभकामना दिए।

प्रकाशित: २३ कार्तिक २०८३ २०:५१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →
Hamro Patro News
3d ago
देउसी–भैलोका नाममा अश्लीलता र विकृति फैलाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

देउसी–भैलोका नाममा अश्लीलता र विकृति फैलाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले चाडपर्वका अवसरमा देउसी–भैलो खेल्ने नाममा हुने कुनै पनि किसिमका अश्लील तथा विकृत गतिविधिमाथि कडा निगरानी राख्दै निर्मम कारबाही गरिने बताएका छन्।

#नाम
Compare →

Related Stories

National (Nepal)
Build #2611