काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी २४औँ खेलमा सुदूरपश्चिम रोयल्सले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ८२ रन बनाएको छ। जितका लागि काठमाडौंलाई अब ३६ बलमा ४४ रनको आवश्यकता छ।
सुदूरपश्चिमका बलरहरूको कसिलो बलिङका कारण काठमाडौंले पनि खराब सुरुवात गर्दै सुरुवातमै विकेट गुमाएको थियो। साम हेजलेट (११), भीम सार्की (०), मोहम्मद आदिल आलम (८), सन्तोष यादव (१०) र सहान अराचचिगे (०) सस्तैमा पेभिलियन फर्किएपछि काठमाडौं संकटमा परेको थियो। राशिद खान १७ बलमा २ चौकासहित १६ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )