Trending
Prev Story
Next Story

पार्टीसँग खगेन्द्रको दूरी बढ्दै, कसरी होला अनुसन्धान ?

Hamro Patro News •
October 15, 2026 • 02:35 PM
1
1 reads 0 reactions

काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनार एक महिलालाई धम्क्याउँदै ब्ल्याकमेलिङ गरेको आरोप लागेपछि गम्भीर नैतिकताको प्रश्नले घेरिएका छन् । महिलासँगको भनिएको अडियो संवाद र त्यससँग सम्बन्धित गतिविधिकै क...

पार्टीसँग खगेन्द्रको दूरी बढ्दै, कसरी होला अनुसन्धान ?

काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनार एक महिलालाई धम्क्याउँदै ब्ल्याकमेलिङ गरेको आरोप लागेपछि गम्भीर नैतिकताको प्रश्नले घेरिएका छन् । महिलासँगको भनिएको अडियो संवाद र त्यससँग सम्बन्धित गतिविधिकै कारण उनीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ । तर, पीडित भनिएकी महिलाले उक्त अडियो आफ्नो नभएको र खगेन्द्रसँग आफूहरूको सम्बन्ध हाल दाबी गरिएजस्तो नरहेको बयान दिएपछि यस प्रकरणको कानुनी पाटोमा केही अन्योल देखिएको छ । यद्यपि, यदि उक्त अडियो सत्य साबित भएपनि महिलाले उजुरी वा आरोप नलगाएको अवस्थामा यो मुद्दा कसरी अघि बढ्छ ? भन्ने कौतूहल र घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने दबाब बढेको छ । यस्तो अवस्थामा पनि सांसद सुनारले भने आफू कुनै पनि कुकर्ममा संलग्न नरहेको जिकिर गर्दै आएका छन् ।

सांसद सुनारले उक्त अडियो एआई जेनेरेटेड भएकोदेखि महिलालाई काल्पनिक पात्रसम्मको दाबी गरेका छन् । यो घटनाक्रमपछि पार्टीले उनलाई साथ दिएको छैन । रास्वपाले उनलाई सांसदको हैसियतमा कुनै पनि सार्वजनिक गतिविधि नगर्न निर्देशन दिइसकेको छ । समाचार माध्यमहरूमा अडियो र संवाद छाएलगत्तै पार्टीले विज्ञप्ति जारी गरी उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । अब रास्वपाको अनुशासन तथा आन्तरिक अनुसन्धान आयोगले यस विषयमा थप छानबिन गर्नेछ ।

Read full story at source ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट)

भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट)

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। 'दुर्घटनामा परेर गम्भीर घाइते भएका …

#गम्भीर #काठमाडौं
Compare →

Related Stories

World News
Build #2611