Trending
Prev Story
Next Story

१० अर्बको ट्रेजरी बिल बोलकबोल प्राविधिक समस्याका कारण रद्द

Arthasansar •
October 26, 2026 • 12:02 PM
1
1 reads 0 reactions

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल निष्कासनका लागि सोमबार तय गरेको बोलकबोल प्रक्रिया स्थगित गरेको छ। ऋण...

१० अर्बको ट्रेजरी बिल बोलकबोल प्राविधिक समस्याका कारण रद्द

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल निष्कासनका लागि सोमबार तय गरेको बोलकबोल प्रक्रिया स्थगित गरेको छ। ऋण व्यवस्थापन तथा सञ्चालन प्रणाली (डोम्स)मा प्राविधिक समस्या देखिएपछि कार्यालयले उक्त निर्णय गरेको हो।

कार्यालयले यसअघि असोज ३० गते सूचना जारी गर्दै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणमार्फत थप ५ अर्ब रुपैयाँ जुटाउने योजना सार्वजनिक गरेको थियो।

निर्धारित कार्यतालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनुपर्ने थियो। तर, प्रणालीमा समस्या देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो। कार्यालयका अनुसार डोम्स प्रणालीमा पीएचपी लगायतका प्रविधिसम्बन्धी सुधार तथा मर्मतको काम भइरहेको छ। सूचना प्रविधि टोलीले प्रणालीमा देखिएको समस्या समाधान गर्न काम गरिरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
10h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#समस्या
Compare →
Ekantipur
16h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#व्यवस्थापन #समस्या
Compare →
Bizshala
19h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →
Onlinekhabar
19h ago
माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो

२७ कात्तिक काठमाडौं । माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा …

#समस्या
Compare →
Hamro Patro News
23h ago
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ...

#समस्या
Compare →

Related Stories

Business & Economy
Build #2611