विराटनगर । मोरङको केराबारीस्थित जङ्गलमा मृत फेला परेका विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फिजफायर रेस्टुरेन्टमा कार्यरत ती युवतीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका अनुसार झापाकी २७ वर्षीया ती युवती खत्रीको रेस्टुरेन्टमा करिब चारदेखि पाँच वर्षदेखि काम गर्दै आएकी थिइन्। उनले रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत हेर्ने गरेको र खत्रीसँग व्यक्तिगत तथा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
Read full story at source ( kendrabindu.com )